एमालेसँग राप्रपाको गठबन्धन भयोभने,म हैन भानुभक्त‘ब्याक’हुनुपर्छ म स्थानीय छोरी हो-रेखा थापा

BreaknLinks
BreaknLinks

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा चर्चित नायिका रेखा थापाले टिका लगाएर पाएको पद र किस्तीमा  उपहारमा दिएको पदमा सन्तुष्टि नलाग्ने बताएकी छिन्।

पत्रकार ऋषि धमालासँग जनता जान्न चाँहान्छन् कार्यक्रमामा बोल्दै नेतृ थापाले सो कुरा बताएकी हुन्। 
जनप्रतिनिधी भनेको जनताको घर आगनमा पुगेर सेवा गर्ने हो भन्दै थापाले समानुपातिक निर्वाचन प्रणाली भनेको टिके हो भन्दै आफुलाई मन नपर्ने बताईन्।

समानुपातिक भनेको आफ्नो मान्छेलाइ च्याप्ने माध्यम रहेको थापाको ठम्याई छ।
जनताको जनप्रतिनिधी हुन् जनताको मत चाँहिने बताँउदैं उनले समानुपातिकको नाममा भ्रम छरेको उनले बताईन्। उनले समानुपातिक आमागि निर्वाचन देखि खारेज गर्नुपर्ने बताईन्।

उनले भनिन्, जस्को लागि समानुपातिक बनाईयो, समावेशिताको लागि बना्इएको यो माध्यम उहाँहरुले पाँउनुहु्न्न। यो त आफ्ना मान्छेहरु च्याप्ने खेल मात्र हो। 
उनले यदि राप्रपासँग एमालेको गठबन्धन हुने हो भने भानुभक्त ढकालले आफुलाई मोरङ ३ छोड्नु पर्ने बताईन्। 
‘म यो क्षेत्रको छोरी हो, यहाँका हरेक समस्यासँग नजिक छु, जनताको घरमा पुग्दा चुनाब जितेर गएकाहरु फर्किएर नआउँनुभएको गुनासो गर्नुभएकोछ, रेखाले भनिन्, कांग्रेस एमालेका उम्मेदवारहरु मन्त्री हुन जाने हो, म जनताको सेवा गर्न। 
आफुले कलाकारिता क्षेत्रबाट पनि मोरङको प्रतिनिधित्व गरेको बताँउदैं यसअघि कलाकारिता क्षेत्रबाट जनतालाई सुसुचित गरेको उनले बताईन्। उनले भनिन्, अब जनताको सेवा गर्न भनेर नै चुवाबी मैदानमा उत्रिएको छु।

रेखाले सांसद बन्नु नै आफ्नो  लक्ष्य नरहेको बताईन्। ‘मेरो उपस्थितिले, मेरो यो अभियानले हरेक छोरी मान्छेहरु जागरुक हुनुपर्छ। हरेक युवाले आफ्नै देशमा रोजगारी प्राप्त गर्नुपर्छ। हरेक मान्छेले आफूले चाहेको जिन्दगी बाँच्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो,उनले भनिन, मेरो यो उपस्थितिले मेरा हरेक बहिनीहरुमा एउटा ऊर्जा आओस् र उनीहरुले म पनि म जस्तै बन्न सकुन्। यो मेरा लागि होइन, अब आउने जेनेरेसनका लागि हो मेरो कदम।’

प्रकाशित मिति: : 2022-09-27 21:02:00

प्रतिकृया दिनुहोस्