विवेकशील साझाले काठमाडौं-२ बाट थापालाई उम्मेदवार बनाउने

विवेकशील साझा पार्टीले काठमाडाैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ।

शनिबार काठमाडौँ क्षेत्र नम्बर २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरुको उपस्थितिमा थापाको उम्मेदवारी घोषणा गरिएको हो।

धनेज थापा पिएचडी स्कलर हुन्। उनी लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन–विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका छन्। पछिल्लो समय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा काम गरिरहेका छन्।

प्रकाशित मिति: : 2022-09-24 16:26:00

प्रतिकृया दिनुहोस्