कर्मचारीसँग कड्किए स्वास्थ्यमन्त्री यादव

प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादव आफ्नै मन्त्रालयका कर्मचारीसँग कड्किएका छन्। कर्मचारीले पर्याप्त सहयोग नगरेकै कारण सोचे जति काम गर्न नसकेको उनले बताएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठीमा बोल्दै उनी आफ्नै मन्त्रालयका कर्मचारीविरुद्ध खनिएका हुन्।

पूर्णखोपयुक्त प्रदेश बनाउने आफ्नो योजना कर्मचारीले काम नगरेकै कारण असफल भएको मन्त्री यादवले आरोप लगाए। ‘प्रदेशलाई पूर्णखोपयुक्त बनाउने चाहना थियो, कर्मचारीबाट आवश्यक सहयोग हुन सकेन,’ यादवले भने, ‘कार्यालयमा जाँदा प्रमुख भेटिँदैनन्, कर्मचारी हुँदैनन्, काम हेर्दा वर्ष दिनभरि केही छैन्।’

कर्मचारीले काम नगरेका कारण मन्त्रालयले विनियोजन गरेको बजेट खर्च हुन नसकेको उनले बताए। कर्मचारीले असहयोग गर्दा आफ्ना योजना सफल हुन नसकेको उनको भनाइ छ।

सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको स्वास्थ्यलाई छुट्टै मन्त्रालय बनाउँदा पनि उल्लेख्य मात्रमा काम हुन नसकेकोमा उनले गुनासो व्यक्त गरे।

प्रकाशित मिति: : 2022-09-24 09:25:00

प्रतिकृया दिनुहोस्