दाङ र उदयपुरमा डुबेर दुई जनाको मृत्यु भएको छ।
दाङको लमही नगरपालिका–६ देउपुर बस्ने नुमा भण्डारीको ६ वर्षीय छोरा रोहित भण्डारीको आफ्नै घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ।
खेल्ने क्रममा उक्त कुलोमा डुबेर अशक्त भएका उनको तुलसी बाल अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीया लक्ष्मी सदाको मंगलबार दिउँसो मृत्यु भएको छ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।