संविधान प्राप्तिको प्रमुख हकदार लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार रहेको बताएका छन्।

बुटवलमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाउन लुम्बिनी प्रदेशले सबैभन्दा बढी बलिदानी गरेको भन्दै बढी हकदार रहेको बताएका हुन्।

'संविधान प्राप्त गर्न, गणतन्त्र लिनका लागि बलिदान, त्याग, तपस्याबाट प्राप्त भएको हो,' उनले भने, 'नेपालको सबैभन्दा बढी बलिदान, त्याग तपस्या गरेको प्रदेश भएकोले हामी गणतन्त्र र संविधान प्राप्तीको प्रमुख हक दावी हौँ, यो संविधानको रक्षा पनि हाम्रै भूमिका हुनेछ।'

मुख्यमन्त्री केसीले संविधानको कार्यन्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत हुनुपर्ने बताए।

उनले नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा भएको बताउँदै गणतन्त्र र संविधान विरोधीहरुले नेपालको २ पटक संविधान विघटन गरेको उल्लेख गरे।

संविधान दिवसका अवसर आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारुलगायत मन्त्री, प्रमुख सचिव, सचिव लगायत विभिन्न सरोकारवाला निकायको सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2022-09-19 16:57:00

प्रतिकृया दिनुहोस्