चुनाव नजिकिएसँगै कमल थापालाई छिमेकी भेट्न भ्याइ-नभ्याइ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन्। यही क्रममा उनले आइतबार हेटाैँडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन्।

साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गरेका थिए। उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए।

राप्रपा फुटाएको नभइ आफू एक्लै बाहिरिएको दलिलसमेत उनले दिएका थिए। राप्रपाबाट बाहिरिनु रहर नभइ बाध्यता भएको उनको तर्क थियो।

उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे। तर, यसबाट बिचलित नभइ नयाँ उर्जा र योजनाका साथ क्रियाशिल भएको दाबी गरे।

मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे। उनले अधुरो विकास निर्माणलाई मूर्त रुप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे।

यसकारण सबैको साथ समर्थन खोजेको बताए। पार्टी, वाद, विचारभन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो। थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-18 16:03:00

प्रतिकृया दिनुहोस्