गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन्।
भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो।
संघको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए। भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि समिति चयन गर्ने नीति बनाएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु संघ अन्तरगत छन्।