पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर लगातार घटिरहेको छ।
मन्त्रालयका अनुसार आज एक सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ। चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज एक सय ३० सङ्क्रमणमुक्त भएका छन्।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ९१ छ। काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय सङ्क्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय सङ्क्रमित छैनन्।
सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा दुई हजार एक सय होम आइसोलेसनमा, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसियुमा र एक जना भेन्टिलेटरमा उपचाररत छन्। कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन्।