भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लुटपाट गर्दै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ का बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय विशालका राई, सिन्धुली मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका २१ वर्षीय ३ का सुदिप भण्डारी रहेका छन्।
प्रहरीले उनीहहरुद्वारा लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइक नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।