प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ।

आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो। 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै  बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए। 

‘भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ। 

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ।

प्रकाशित मिति: : 2022-09-10 12:53:00

प्रतिकृया दिनुहोस्