मुलुकलाई समृद्ध बनाउने र नागरिकलाई बेरोजगार नराख्ने सबै दलका साझा नारा हुन्। निर्वाचन आउनासाथ यी नारा दलका घोषणापत्रका अग्रस्थानमा ठूला अक्षर बनाएर राखिन्छन्।
भनिन्छ, ‘विकासको लहर गाउँगाउँमा ल्याइनेछ। नागरिकले रोजगारी पाउनेछन्। बिदेसिने बाध्यता हट्नेछ।’ तर, अब यस्ता बुँदा नारामा सीमित बनेको प्रष्ट देखिन्छ।
भोट जित्न जनताको आँखामा छारो हालेको गाउँगाउँका जनताले बुझिसके। पुनः निर्वाचन आउँदैछ। पक्कै पनि त्यसको नतिजाले दलहरूको मूल्यांकन गर्ने नै छ।