प्रतिनिधिसभा सदस्यका लागि सुनसरी-१ बाट मुख्यमन्त्री राई सिफारिस

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।

जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

जसअनुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-28 09:33:00

प्रतिकृया दिनुहोस्