प्रतिवेदन तयार पार्न कार्यदललाई सत्ता गठबन्धनको निर्देशन

File photo
File photo

सत्तारूढ गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए। 

उनले अपरान्ह ४ बजे कार्यदलको बैठक बस्ने जानकारी दिँदै भने, ‘कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन नेतृत्व तहमा बुझाउन निर्देशन भएको छ।’ 

प्रकाशित मिति: : 2022-08-25 12:38:00

प्रतिकृया दिनुहोस्