पूर्व गाउँपालिका उपाध्यक्ष थापामगर एमालेमा

File Photo
File Photo

दाङको बंगलाचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष यमुना थापामगर नेकपा (एमाले) मा प्रवेश गरेकी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमा साेमबार आयोजित कार्यक्रममा थापामगरलाई स्वागत गरेका हुन्।

नेकपा (माओवादी) केन्द्रबाट २०७४ सालको स्थानीय निर्वाचनमा उनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

हाल माओवादी केन्द्रको पालिका कमिटीको उपाध्यक्ष रहेकी थापामगर २०५६ सालदेखि माओवादी जनयुद्धमा लागेकी सक्रिय रूपमा क्रियाशील कार्यकर्ता हुन्।

जनवादी सत्ताका लागि जनयुद्ध लडेको माओवादी आज नेपाली कांग्रेससँग गठबन्धन गरेर गलत बाटोमा लागेका कारण असन्तुष्ट भई एमालेमा प्रवेश गरेको उनले बताएकी छन्।

प्रकाशित मिति: : 2022-08-23 08:36:00

प्रतिकृया दिनुहोस्