काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा गएका गाडीहरू तोडफोड भएको छ।
सिसडाेल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार सोमबार राति रोकेर राखिएका गाडीहरूमाथि अज्ञात समूहले तोडफोड गरेको हाे।
तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको प्रहरीलाई जनाएकाे छ।