कुमारी आमा निहारिका राजपुलताई प्रहरीले सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएको छ।
आफू बलात्कृत भएको र प्रशासनले कानुनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षीया निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
१७ बर्षको उमेरमा साथीको दाइबाट बलात्कृत भएपछि कुमारी आमा निहारिका राजपुतक अहिले न्याय माग्न संघर्ष गरिरहेकी छिन्।
निहारिकाको २२ महिने छोरा छ। जसका लागि उनी दुई वर्षदेखि न्यायको खोजीमा भौँतारिहेकी छन्।