वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : डा बाबुराम भट्टराई

फाइल तस्विर
फाइल तस्विर

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन्।

उनले देशमा अझै पुँजीवादी, साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन्। त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेक उनको तर्क छ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ। 

प्रकाशित मिति: : 2022-08-07 08:53:00

प्रतिकृया दिनुहोस्