मुख्यमन्त्री शाहीको गुनासो : मैले भनेको कर्मचारीले नमान्दा रकम भुक्तानी भएन

File Photo
File Photo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्मचारीले आफूले भनेअनुसार काम नगर्दा जनताले काम गरेको रकमसमेत पाउन नसकेको आरोप लगाएका छन्।

मुख्यमन्त्री शाहीले असार २५ गतेभित्र सिस्टम बन्द हुन्छ भनि पटकपटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन्।

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो।

आफ्नो हिसाब नमिलेपछि जनताको भुक्तानी दिन आनाकानी गरेको उनले बताए। कर्णाली प्रदेश सरकारको मातहतमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ। 

प्रकाशित मिति: : 2022-08-06 11:21:00

प्रतिकृया दिनुहोस्