मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ।
बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ।
बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भइसकेपछि गठबन्धनका नेताहरू सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छ।
गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरूले तालमेल गरेका थिए। चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमतिरै केन्द्रित बनेको छ।