पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले चैत २४ गते काठमाडौँ उपत्यकामा विशेष प्रदर्शन गर्ने जनाएको छ।
आज बसेको सो पार्टीको उपत्यका विशेष कमिटीको बैठकले ‘दलाल दलतन्त्र र भ्रष्टाचारविरुद्ध’ प्रदर्शनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको प्रवक्ताले दाबी गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको ‘कर आतंक’विरुद्ध जागरण अभियान पनि चलाउने बैठकको अर्को निर्णय छ।