फागुन ५ गते दाङ आउँदै ओलीः ५० हजार कार्यकर्ता उतार्ने तयारी

Break n Links
Break n Links

नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक घोराहीमा सम्पन्न भएको छ। बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने संकल्प गरेको छ।

बैठकले घोराहीमा हुने विशाल जनसभा व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।

त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति, जिल्ला सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगित बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

बैठकले जनसभामा दाङका १० वटै पालिका र १०० वटै वडा कमिटी तथा सबै जनवर्गीय संगठनहरूलाई झाँकी जुलुस र पोसाकसहित सहभागिता जनाउन निर्देशन दिएको छ।

प्रकाशित मिति: : 2025-02-05 21:15:00

प्रतिकृया दिनुहोस्