पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2022-08-02 18:25:00

प्रतिकृया दिनुहोस्