बिएल संवाददाता
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशीकाे बयान सकिएकाे छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे।
जाेशीको बयान सकिएसँगै लिला पछाईंकाे बयान सुरू भएकाे छ। सँगै मुद्दा दर्ता भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भने अझै बयान सुरू भएकाे छैन।
सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रविसहित पूर्वडीआईजी जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङविरुद्ध आइतबार जिल्ला अदालत मुद्दा दर्ता भएकाे थियाे।
साेही मुद्दामा लामिछानेसहित पाँचै जनालाई साेमबार नै अदालतमा उपस्थित गराइएकाे थियाे। उनीहरूलाई मंगलबार पनि अदालतमै राखिएकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया