बिएल संवाददाता
पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा कांग्रेसको देउवा समूहबाट १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट राणा निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने १४औं महाधिवेशनको विधानअनुसार देउवा समूहले १५औं महाधिवेशनको तयारी गरिरहेको छ। तर, स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने राणालाई वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि बनाएको हो।
निवर्तमान सभापति शेरबहादुर देउवा पनि यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्।
जेनजी आन्दोलनका क्रममा बूढानीकलण्ठस्थित निवासमै आक्रमणमा परेपछि उपचारका लागि भन्दै देउवा दम्पती देशबाहिर गएका थिए।
केही महिनाअघि शेरबहादुर स्वदेश फर्किइसकेका छन्। तर पत्नी राणा भने अङकङमा छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया