राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन ९ हजार ६३३ जना रहेका छन्।
गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी थिएइ। देशभरका २ हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए।
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ। नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।