छानबिन समितिमा जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैन

File Photo
File Photo

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बताएका छन्।

बिहीबार संसदीय विशेष छानबिन समितिमा बयान दिँदै शर्माले अनधिकृत व्यक्ति संलग्न नरहेको बताएका हुन्।

 उनले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनधिकृत व्यक्तिको संलग्नता नगराएको समेत स्पष्ट पारे।

उनले आफूमाथि लागेको आरोप निराधार रहेकोसमेत उल्लेख गरेका थिए।

पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको स्पष्ट पार्दै आफूलाई आरोप मात्र लगाइएको बताएका थिए।

चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिएका छन्। 

प्रकाशित मिति: : 2022-07-21 12:06:00

प्रतिकृया दिनुहोस्