एम. अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

File Photo
File Photo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थात् एम. अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायरको तयारी गरिएको छ।

मुलुकको केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गभर्नर राजनीतिक दलको विभागीय सदस्य रहेको खबर बाहिरिएपछि उनको बर्खास्तीको माग भएको हो।

अधिकारीको नियुक्ति अवैध रहेको ठहर गर्दै अखिल क्रान्तिकारी र वाइसीएल नेपालले संयुक्त रुपमा आजै माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छन्। उनीहरुले ४ बजे विरोध प्रदर्शन गर्न लागेका हुन्।

अधिकारी एमाले नेता घनश्याम भुसाल संयाेजक रहेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाममा सदस्य रहेको देखिन आएको हो।

यसअघि उपाध्यक्ष सुरेन्द्र पाण्डे संयाेजक रहेको बेलामा पनि सोही विभागकाे सदस्य रहेकाे एमालेका एक केन्द्रीय सदस्यले जनाएकाे छन्।

पहिले महाप्रसाद अधिकारी लेखिएकोमा यसपटक उनै अधिकारीको नाम अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले एम. अधिकारी उल्लेख छ।



गभर्नर बने एमालेका कमरेड ‘एम. अधिकारी’ !

प्रकाशित मिति: : 2022-07-13 13:07:00

प्रतिकृया दिनुहोस्