गठबन्धनबारे ओलीको टिप्पणी: एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन

File Photo
File Photo

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन्। 

सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए।बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए। 

‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ। फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ। यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ, बिहे चैँ नक्कली हुन्छ,’ ओलीले भने, ‘त्यस कारण साँचो डिभोर्स गर्नका लागि, नक्कली बिहे गर्न एमाले हत्तारिँदैन।’ 

देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघि बढ्ने बताए। 

प्रकाशित मिति: : 2022-07-11 17:03:00

प्रतिकृया दिनुहोस्