सहमतिमै छुट्टिन बाबुराम र उपेन्द्र सहमत

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छुट्टिन सहमत भएका छन्।

बुधबार सिंहदरबारमा उपेन्द्र र भट्टराईबीच भएको भेटवार्तामा सहमतिमै आ–आफ्नो बाटो लाग्ने सहमत भएका हुन्।

भेटमा दुई नेताबीच सौहार्दपूर्ण तरिकाले नै छुट्टिने सहमति भएको स्रोतले बताएकाे छ।

स्रोतका अनुसार अध्यक्ष भट्टराईले पार्टीमा सँगै काम गर्न नसकिने भन्दै सहमतिमै अलग हुन यादवसँग गरेकाे प्रस्तावमा यादवले सहमति जनाएका हुन्।

प्रकाशित मिति: : 2022-06-30 21:22:00

प्रतिकृया दिनुहोस्