जिसस झापामा एमालेको प्यानलै निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति झापामा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन्।

मंगलबार भएको मनोनयन दर्तामा अन्य राजनीतिक दलले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्।

जिसस झापाको प्रमुखमा विश्व बराल निर्विरोध निर्वाचित भएका छन्। यस्तै उपप्रमुखमा शान्ता रोक्का निर्वाचित भएकी छिन्।

सदस्यहरुमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपाली निर्विरोध निर्वाचित भएका हुन्।

१५ पालिका रहेको झापामा एमालेले ७ पालिकाको प्रमुख र १० पालिकामा उपप्रमुख जितेको थियो। जिससमा कुल ३० मत रहेको झापामा एमाल १७ , कांग्रेस ९ र राप्रपाको ४ मत रहेको छ।

प्रकाशित मिति: : 2022-06-22 10:20:00

प्रतिकृया दिनुहोस्