कांग्रेस प्रदेश सदस्य भट्टराईसहित ५ जनालाई कारवाहीको सिफारिस

नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका समितिले वडा नम्बर २ का उम्मेदवार हराउन विपक्षी पार्टीसँग गोप्य साँठगाँठ गरेको भन्दै गाउँपालिका अध्यक्षका उम्मेदवारसहित ५ जनालाई कारवाहीको सिफारिस गरेको छ।

बारवाहीको सिफारिसमा परेकाहरूमा मोरङको कानेपोखरी गाउँपालिका नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार एवम् नेपाली कांग्रेस प्रदेश नं।१ का सदस्य सञ्जय भट्टराई, नेपाली कांग्रेस मोरङ ३९१०का सचिव हिमप्रसाद तिम्सिना, नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाका सभापति योगेन्द्रप्रसाद दाहाल, नेविसंघ मोरङका पुर्व कार्यवाहक सभापति फडिन्द्र निरौला र नेपाल तरुण दल, कानेपोखरी २ का सभापति अर्जुन खत्री रहेका छन्।

उनीहरू पाँचै जनाले २ नं. वडामा वडाध्यक्षका कांग्रेस उम्मेदवार गोपाल खड्कालाई हराउन नेकपा  एमालेको हाडलाइनर स्तरका नेताहरूसँग  गोप्य साँठगाँठ गरेको भन्दै उनीहरुलाई कारवाहीको सिफारिस गरेको होे।

कांग्रेस वडा समिति सभापति बमबहादुर पौडेल, प्रचारप्रसार समितिका संयोजक बिनोद बोहोरा र वडाध्यक्षका उमेदवार गोपाल खड्काले संयुक्त हस्ताक्षर गरि मोरङ कांग्रेसलाई  कारवाहीको सिफारिस गरेको हो।  

कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेलाई टिकट नदिएपछि कांग्रेसभित्र एकाएक माओवादीसँग हुन लागेको गठबन्धन टुटेको थियो।
 
एमालेको अन्तुष्ट पक्षसँग भट्टराई कनेक्सन
 
एमालेले राजमति इङ्नाम र भोला अधिकारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएपछि एमालेको असन्तुष्ट पक्ष र  कांग्रेस उम्मेदवार सञ्जय भट्टराईबीच  सुनसरीको तरहरास्थित एउटा सेकुवा कर्नरमा भद्र सहमति भयो।

सहमति अनुसार एमालेको असन्तुष्ट लाइनले वडा नं.२ बाट कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई २ हजार मत सहयोग गर्ने अनौपचारिक सम्झौता भयो। 

एमालेको असन्तुष्ट लाइनले २ हजार मत  सहयोग गरेवापत कांग्रेसले एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुशील बुढाथोकीलाई सकेसम्म जिताउनका लागि सहयोग गर्ने र कांग्रेसबाट उम्मेदवार रहेका गोपाल खड्कालाई हराउने सहमति भयो। 

दुई चरणमा भएको वार्तामा कांग्रेसका तर्फबाट स्वयं गाउँपालिकाका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराई  र अर्का एकजना भट्टराई थरका नेता सहभागि रहेका थिए। 

एमालेका तर्फबाट असन्तुष्ट पक्षका तीन जना नेता रहेको बताइए पनि नाम उल्लेख गरिएको छैन।
 
सो सहमति भएको कुरालाई कांग्रेसका अध्यक्षका उमेद्वार सञ्जय भट्टराईले गत जेठ ८ गते बिहान स्वीकार गरिसकेका छन् 

वडाध्यक्षका पराजित उम्मेदवार गोपाल खड्कालाई विराटनगरस्थित आफ्नै निवासमा बोलाएर भट्टराईले कम्युनिष्टको आश्वासनमा परेर गलत निर्णय गरेको बताइसकेका छन्। 

खड्काले भने –'उहाँले गल्ती स्वीकारिसक्नु भयो। अब किन कार्वाहीको सिफारिस नगर्ने रुत्यति मात्र होइन,खड्कालाई हराउनका लागि भट्टराईले एमाले उमेद्वार सुशील बुढाथोकीलाई नगद ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको समेत खुलासा भएको छ।'

समाचार स्रोतका अनुसार उक्त ३ लाख रुपैयाँ नेपाली कांग्रेस मोरङ ३९क०का सचिव हिमप्रसाद तिम्सिनाले बुढाथोकीका प्रतिनिधिलाई हात लगाएका थिए।
    
 २८ गते राति भट्टराईले आफ्ना सबैभन्दा विश्वाशिला पात्र हिमप्रसाद तिम्सिनालाई पैसा दिएर एमाले उम्मेद्वारलाई हात लगाइदिन उर्दी गरेपछि सोही राति दलेलीमा पैसा बुझाउने र बुझ्ने बीच झडप भएको थियोे। 

कांग्रेस गाउँ सभापति योगेन्द्र दाहाल समेत खड्कालाई हराउन रातभर सक्रिय रहेको कांग्रेसका वडा सभापति बमबहादुर पौडेल बताउँछन्। 

२८ गते राति सञ्जय भट्टराई र योगेन्द्र दाहाल पक्षीय नेताहरू गोपाल खड्का हराउन पैसा बाढ्ने अभियानमा थिए। 

उक्त अभियान रोक्न गोपाल खड्का समूहले प्रयास गर्दा पार्टी सभापति दाहाल, पथरी प्रहरीका डिएसपी बेदप्रसाद गौतम र मोरङ ३९१० का प्रदेश सभा सदस्य सुयर्माराज राईले कांग्रेसहरू कोही पनि बाहिर ननिस्किनु बताएका थिए। बाहिर निस्किदा हुन सक्ने दुर्घटनाको जिम्मा आफै लिनु भनेर एकै प्रकारको फोन गरेका थिए।

उक्त घटना दाहाल र सांसद राईले नै खड्काविरुद्ध पैसा बाढ्ने अभियान चलाउन एमालेलाई प्रहरीको सहयोग जुटाइदिएको खुलेको छ। 

यद्यपि सांसद राईले उक्त फोन बाहेक अरु कुनै गतिविधि नचलाएकोले कार्वाहीको सिफारिस नगरिएको वडा समितिको भनाई छ।

उता नेविसङ्घका पूर्व कार्यवहाक सभापति फडिन्द्र निरौलाले खड्कासँग कांग्रेसको प्रचार प्रसार गर्न नगद लिएका थिए। 

नगद लिएपछि कांग्रेसका क्रियाशील सदस्यहरूको घर घर पुगेर उनले खड्का बिरुद्ध भ्रम छरेका थिए। निरौलालाई तरुण दलका वडा सभापति अर्जुन खत्रीले भरथेक गरेका थिए।

यसै बीच जेठ २८ गते शनिवार बिहान ८ बजे कानेपोखरी ५ ठुलो गाउँस्थित धिमाल ग्रामथानमा गाउँ कांग्रेसले चुनाबी समीक्षा कार्यक्रम आयोजना गर्ने भनी सबैलाई बोलायो। तर,समीक्षा कार्यक्रमको स्थान एकाएक परिवर्तन भएर कानेपोखरी –५ को घलेटोलमा हुने भनियो। त्यहाँ पनि समीक्षा कार्यक्रम हुन सकेन। त्यस अघि समीक्षा कार्यक्रम जेठ २० गतेलाई तोकिएको थियो। 

जेठ २० गते संस्थापन पक्ष र इतर पक्षका नेताहरू सामाजिक सञ्जालमा धाक धम्की चलेपछि एकाएक कार्यक्रम रोकिएको थियो। गाउँ कांग्रेसले हाल सम्म न त समीक्षा कार्यक्रम राख्न सकेको छ। नत पार्टीको कोषाध्यक्ष नै चयन गर्न सकेको छ।

गाउँ कार्य समितिको बैठक नै बस्न नसकेको बेला गाउँ कार्य समितिले एकाएक भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, उनका स्वकीय सचिव एव्म पार्टीका क्षेत्रीय प्रतिनिधि मदनकुमार सेढ्याई,महाधिवेशन प्रतिनिधि जयराज संयोक र गाउँ उप सभापति भानु फुयललाई चुनावमा अन्तर्घात गरेको भन्दै कार्वाही गर्न सिफारिस गरेको छ।

उप सभापति फुयलले भने–'गाउँ कार्य समितिको बैठक बस्न सकेको छैन। के को कारवाही सिफारिस हुनु?'

गाउँ सभापति योगेन्द्र दाहालले कार्वाहीको सिफारिस गरेका चारै जना नेता संस्थापन समूहका हुन् भने वडा नं. २ को वडा समितिले कार्वाहीको सिफारिस गरेका नेताहरू संस्थापन स्तरका हुन्।

कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चुलिदै जाँदा तल्लो तहका कार्यकर्ताहरू भने रनभुल्ल भएका छन्।

प्रकाशित मिति: : 2022-06-18 22:24:00

प्रतिकृया दिनुहोस्