एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

विराटनगरमा आज नेकपा (एमाले)को मोरङ जिल्लास्तरीय कार्यकर्ता भेला हुँदैछ।

विराटनगर बरगाछि उत्तरको कञ्चनजङ्घा बैंक्वेटमा हुने वर्तमान राष्ट्रिय राजनीति र भावी कार्यदिशाका सम्बन्धमा हुने जिल्लास्तरीय कार्यकर्ता भेलालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

भेलामा पालिका कमिटीका सदस्यहरू, सम्पूर्ण वर्तमान तथा पूर्व जनप्रतिनिधिहरू, जनसंगठनका जिल्ला र सो भन्दा माथिका नेताहरू, पार्टी जिल्ला कमिटी, जिल्ला अधिवेशन तथा महाधिवेशन प्रतिनिधीहरू, प्रदेश कमिटी, केन्द्रीय निकाय, विभाग र केन्द्रीय नेताहरू, पेशागत र बौद्धिक ब्यक्तित्वहरूको सहभागिता रहने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिएका छन् ।

कार्यक्रम विहान ११ बजेदेखि सुरू हुने नेकपा एमाले मोरङका सचिव रूपेश खतिवडाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-06-10 09:10:00

प्रतिकृया दिनुहोस्