काठमाडौंको फोहोर आजबाट उठ्ने, स्थानीयसँग १८ बुँदे सहमति (सहमति पत्रसहित)

काठमाडौं वरपर थुप्रिएको फोहोर उठाउ महानगर र प्रभावित क्षेत्रका स्थानीयबीच शुक्रबार मध्यराति १८ बुँदे सहमति भएको छ। 

गएराति साढे एक बजे सकिएको बैठकमा सिसडाेल–बन्चरेडाँडावासी सहमत भएपछि उपत्यकाकाे फोहोर आजबाट उठाइँदै छ। 

महानगरका मेयर बालेन्द्र शाहदेखि वडाध्यक्षहरूसम्म जम्मा भएकाे सहमति–बैठकअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्रै गरिने छ। साथै, स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्नेदेखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको छ।

विगत केही दिनदेखि स्थानीयवासीले फोहोर बन्चरेडाँडास्थित ल्याडफिल साइडमा लैजाँदै गर्दा ट्रक रोक्दै आएका थिए। उनीहरूले फोहोर व्यवस्थापन सम्बन्धी केही दिनअघि भएको सम्झौता पनि मानेका थिएनन्। तर उनीहरू शुक्रबार मध्यराति फाेहाेर व्यवस्थापनमा सघाउन सहमत भएका छन्।

महानगरसहित उपत्यकाका स्थानीय तह, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका प्रतिनिधिसँगै सिसडाेल–बन्चरेडाँडावासी पनि छलफलमा सहभागी भएकाे बताइएकाे छ।

हेर्नुस् सहमति पत्र–

प्रकाशित मिति: : 2022-06-10 06:50:00

प्रतिकृया दिनुहोस्