सपनाको देश अमेरिकामा सागरको 'सपना' ऐठनमा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

नेपालीहरूको सपनाको देश अमेरिकामा धेरै नेपालीको सपना तुहिँदै आएको छ। यसै क्रममा एक नेपालीको सपना त तुहिएन तर नराम्ररी ऐेठनमा परेको छ। 

यसरी सपना ऐेठनमा परेका युवक हुन्, सागर तामाङ। र, उनको  सपना ऐठन भएको राज्य हो, क्यालिफोर्निया। आप्रवासीमैत्री मानिने पश्चिमतटीय यो राज्यको ओकल्याण्ड सहरका घटना भएको हो। 

२५ वर्षीय सागर तामाङ कुटपिट र लुटपाटको शिकार भएका छन्। मे २८ शनिबार राति ११ बजेतिर काम सकेर घर फर्कने क्रममा स्याण्डवीच किन्न जाने क्रममा उनीमाथि आक्रमण भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन्। 

सपनाको देश अमेरिकामा सागरको 'सपना' ऐठनमा  परेको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा आक्रमणमा परेका उनको सपना भने तुहिएन। अहिले उनी ऐठनमा परेको सपना बिउँझाउँदैछन्। 

पछाडिबाट आक्रमण गरिएका सागरको  ओभरकोट, पाइन्ट, जुत्ता, वालेट र फोन समेत लुटिएको थियो। टिसर्ट, अण्डरवेयर र मोजामा मात्र बेहोस अवस्थामा छाडिएका उनलाई आपतकालिन स्वास्थ्य टोलीले अस्पताल लगेर उपचार गराएको थियो।

अस्पतालमा उपचारपछि भोलिपल्टमात्र होस खुलेको उनको आक्रमणका बारेमा अनुसन्धान भैरहेको जनाइएको छ। यो समाचार तयार पारून्जेलसम्म पनि आक्रमणकारी पक्राउ गर्न सकिएको छैन।  

केही समययता एसियाली मुलका मानिसविरूद्ध  घृणा अपराधको श्रृंखला जारी छ। यो घटना पनि त्यही श्रृंखलाको अर्को भाग हो भन्ने कोणबाट अनुसन्धान भैरहेको स्थानीय सुरक्षा अधिकारीले जनाएका छन्।

प्रकाशित मिति: : 2022-06-10 03:47:00

प्रतिकृया दिनुहोस्