आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित मिति: : 2022-06-09 08:02:00

प्रतिकृया दिनुहोस्