सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध, काठमाडौंबाट गएका ट्रक बाटोमै रोकिए

फाइल तस्विर
फाइल तस्विर

हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन्। सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन्।

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो। तर, सहमतीअनुसार फाेहाेर बाेकेर सिस्डाेल पुगेका ट्रकहरूलाई स्थानीयले राेकेका छन्।

उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएकाे छ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायतकाे फोहोर उठ्न सकेको छैन। फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ।

फाेहाेर व्यवस्थापन सहज बनाउनकाे लागि काठमाडाैँका मेयर तथा उपमेयर सिस्डाेल पुगे पनि सफल हुन सकेका छैनन्।

प्रकाशित मिति: : 2022-06-07 10:22:00

प्रतिकृया दिनुहोस्