सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेपछि फरार रहेका पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला पक्राउ परेका छन्।
कोइराला केहीबेर अघि बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्था समातिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बिएल नेपाली सेवालाई जानकारी दिए।
श्रीमती हत्या अभियोगमा जिल्ला अदालत काठमाडौंबाट जन्मकैद सजाए तोकिएपछि कोइरालाले सर्वोच्चमा ‘सेटिङ’ गरी जन्मकैदको सजायमा छुट पाएका थिए।
महाअभियोगपछि निलम्बनमा पारेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो।
कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको थियाे।