नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई युवाहरूकाे सपाना बलात्कार गर्ने ‘बा’हरूकाे चाकरी गरेकाे आराेप लागएका छन्।
प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा एक समाचार शेयर गर्दै लेखेका छन्,‘...यही आस्थाका बा थिए भने २०५१ मै केपीकाे भजन गाएकाे भए हुने। लाखाैं युवालाई सपना देखाएर आज तिनै सपना बलात्कृत गर्ने बाहरुकाे चाकरी गर्न अलिकति पनि लज्जा लाग्दैन ?’
तथापि, हाल भने प्रचण्डले याे सामाग्री फेसबुकबाट हटाइसकेका छन्।