नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा जनार्दन शर्मा पक्षले पकट जमाएपछि अध्यक्ष प्रचण्ड निकट नेताहरू रुष्ट भएका छन्।
अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादीमा जनार्दन शर्मा गुटको जोडदार उदय भएको छ। अध्यक्षबाहेक अन्य पदमा शर्मा पक्षले बहुमत पकड बनाउँन सफल भएपछि हेडक्वार्टर निकट नेताहरू रुष्ट बनेका हुन्। उनीहरूले शर्मा गुटको प्रतिवाद गर्न लागेका हुन्।
माओवादी केन्द्रीय सदस्य ओमकुमारी पौडेलले सोमबार शर्मालक्षित फेसबुक पोस्ट गरेकी छन्। उनले नेतृत्वविरुद्ध मिडिया ट्रायल र भोजभतेर गरेको आरोप लगाउँदै ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लागि पर्नेलाई आमजनता र नेता कार्यकर्ताले राम्रोसँग चिनेका’ टिप्पणी गरिन्।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा असम्बन्धित मान्छे प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो। छानबिनका क्रममा सीसीटीभी फुटेज अनुसन्धान गर्दा अर्थ मन्त्रालयले तार मुसाले काटेको जवाफ दिएको थियो। उनले सोही प्रसंगलाई उल्लेख गरेकी हुन्।
उनले भनेकी छन्, ‘मुसाले तार काटे जसरी पार्टीको मेरुदण्ड काट्न लाग्नेलाई आम जनता र नेताकार्यकर्ताले राम्रोसँग चिनेका छन कि उ केवल समस्या हो। अप्ठ्यारो त हुदै हो र समाधान कहिल्यै होइन। इतिहास छर्लङ्गै छ त- प्रचण्ड विचार हो आन्दोलन हो नेतृत्व हो र समाधान पनि त हो।’
उनको स्टाटस जस्ताको त्यस्तै-