इँटा भट्टामा राखेर मजदुरलाई जिउँदै जलाएको अभियोग लागेका नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो।
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ।