मतदातालाई आरजु राणाको धम्की– कांग्रेसले नजितेको ठाँउमा बजेट दिन्नौं

File Photo
File Photo

नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा पैसा नपठाउने बताएकी छिन्।

देउवाकाे गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राणाले प्रधानमन्त्री देउवाले डडेल्धुरामा ३१ करोड रुपैयाँ बजेट पारेको बताउँदै काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने बताएकी हुन्।

उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं। त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस्।’

उनले कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लको आलोचना गर्दै भोट नदिन आग्रह गरिन्। मल्ल पक्ष करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ।

डेलधुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति: : 2022-05-05 18:50:00

प्रतिकृया दिनुहोस्