बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिङ बादेले नगरप्रमुख पदबाट राजीनामा दिने घोषण गरेका छन्।
शनिबार बनेपामा पत्रकार सम्मेलन गर्दै एमाले पार्टीबाट साधारण सदस्यसमेत नरहने र नगर प्रमुखको पदबाटसमेत राजीनामा दिने बताएका छन्। टिकटको दाबी रहेका मेयर फेरि टिकट नपाएपछि एमाले पार्टी छाडेका छन्।
उनले सोमबार नगरपालिका खुलेपछि नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताए। ०७४ को निर्वाचनमा बादे एमालेबाट बनेपा नगरपालिका जितेका थिए।