पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिईएको छ। कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन्।
उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।
गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेद्वारी दिएका थिए। नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएका छन्।
यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेद्वारहरुलाई लौरो चिन्ह दिईएको छ। मेयरदेखि वडाध्यक्षसम्मका उम्मेद्वारले अव लौरोबाट भोट माग्न पाउनेछन्। पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्प्रर्धा छ।