सल्यानमा २ जना मेयरका उम्मेदवारसहित १२४ जनाकाे उम्मेदवारी फिर्ता

सल्यानमा २ जना मेयर पदको उम्मेदवारसहित १२४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

उम्मेदवारी फिर्ता लिनेमा शारदा नगरपालिकामा मेयर पदका उम्मेदवार सुधन विष्ट र वनगाडकुपिण्डे नगरपालिकाका सुन्दरा शाही रहेका छन्। विष्टले स्वतन्त्रबाट र शाहीले नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका थिए। 

यस्तै उपमेयरका उम्मेदवार ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जसमध्ये शारदा नगरपालिकामा जनता समाजवादीबाट उम्मेदवार बनेकी सुमित्रा गिरी, सन्तोष कुमार राई र बनगाडकुपिण्डे नगरपालिकामा एमालेबाट उम्मेदवार बनेकी चम्फा पुरीले उम्मेदवारी फिर्ता लिएका हनु। 

यीसहित सल्यानका सबै पालिकामा १२४ जनाले उम्मेदवारी फिर्ता लिएको सल्यान निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए। अहिले पनि सल्यानका सबै पालिकाको उम्मेदवारी फिता लिएकाको नाम रुजु गर्न बाँकी रहेको छ।

प्रकाशित मिति: : 2022-04-30 09:13:00

प्रतिकृया दिनुहोस्