पोखरामा कांग्रेसका दुई बागीले फिर्ता लिए उम्मेदवारी

पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन्।

नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए। तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरुले बताएका छन्।

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन्। उनी पनि कांग्रेसकै नेता हुन्। अहिले गठबन्धनबाट वडाका उम्मेदवारले समेत फिर्ता लिइरहेका छन्।

प्रकाशित मिति: : 2022-04-29 16:55:00

प्रतिकृया दिनुहोस्