हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल

हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच चुनावी लातमेल भएको छ।

केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएकाे छ।

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन्। एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन्।

यस्तै चंखेलीमा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन्।

प्रकाशित मिति: : 2022-04-27 15:40:00

प्रतिकृया दिनुहोस्