बालेन शाहलाई भाेट किन दिने ?

स्थानीय तह निर्वाचनकाे राैनकसँगै देशभर एउटै नामकाे चर्चा छ, बालेन शाह। काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि शाहकाे चर्चा बढ्न थालेकाे हाे। र्‍याप गाएर युवाकाे मनमा बस्न सफल उनी यतिबेला अस्तव्यस्त काठमाडाैँलाई समृद्ध सहर बनाउने याेजना सुनाएर सबैकाे चासाेमा परेका छन्। 

र्‍याप गायनसँगै इन्जिनियरिङमा पनि अब्बल उनले मेयर भन्ने आकांक्षा राखेदेखि नै उनकाे पक्षमा बाेल्नेहरूकाे जमात बढेकाे हाे। स्वार्थपूर्ण राजनीतिबाट वाक्क भएका युवा पङ्क्ति उनकाे पक्षमा उभिएका छन्।

उनलाई हालका दिनहरुमा नचिन्ने कोही छैनन् होला। उनको चर्चा चिया पसलदेखि ठूला राजनीतिक दलहरुका घर, कार्यालयहरूमा पनि भइरहेकाे छ। उनी एक स्वतन्त्र उम्मेवदार हुन्, जसलाई न कुनै कुराको लोभ छ। छ त केवल देशकाे परिवर्तन। उनका बिचारहरूमा धेरैजस्ताे मानिसहरू सकारात्मक छन्, केहीले राजनीतिक विना समृद्धिकाे सपाना देख्नु गलत भएकाे भन्दै आलाेचना गरिरहेका छन्।

नयाँ पुस्ता र काठमाडाैँ जस्ताे नेवारी समुदायमा उनले चुनाव जित्न गाह्राे हाेला तर असम्भव भने पक्कै छैन। युवाकाे रूचिमा पर्नु उनकाे चुनाव जित्ने आधार बन्न सक्छ।

बालेनलाई भोट किन ?

पहिलाे कुरा त उनी याेग्य र क्षमतावन युवा हुन्। उनले स्टरकर्चर इन्जिनिरिङ पढेका छन्। हाम्रो समाजमा एक भनाइ छ, ‘शिक्षित मानिसको सोच नै छुट्टै हुन्छ’ यही कुरा बालेनमा लागू हुनेमा प्रष्ट छ। उनीसँग नयाँ साेच र देश बदल्ने एउटा सकारात्मक सोच छ। एउटा नयाँ पुस्ताले केही गर्न खोजेको हुँदा नगरबासीले एउटा माैका दिएमा धेरै राम्रो हुन्छ। अर्काे कुरा भन्नेको उनी कुनै पार्टीमा संलग्न व्यक्ति हाेइनन्, यसकारण उनी नेतृत्वमा आए भ्रष्ट्राचार कम हुन्छ भन्ने धेरैकाे बुझाइ छ। ३२ वटा वडा भएको काठमाडौँमा उनले आफ्नाे उम्मेवदारी दिएपछि प्रतिवद्धता सार्वजनिक गरेका छन्। पेसाले एक इन्जिनियर भएका कारणले भाैतिक निर्माणमा उनीसँग सही र नयाँ साेच छ, जसले विकासमा छलाङ मार्न समय लाग्ने छैन।

बालेन शाह बन्लान त मेयर ?

काठमाडौँकाे मेयरमा लागि ५६ जनाले उम्मेवदारी दिएका छन्। यी सबै उम्मेवदार कोहीभन्दा कोही कम छैनन्। तर, यसपटक भन्ने सिङ्गाे देशलाई राजनीतिकमाथि धेरै नै चास बढेको पाइन्छ। बालेनसँग कडा प्रतिस्पर्धामा २ पटक काठमाडौँकाे मेयर बनेका एमालेबाट केशव स्थापित रहेका छन्। जनताको प्रश्न यही छ, स्थापितलाई बालेनले हराउन सक्लान र ? कडा उम्मेवदारका रूपमा रहेका स्थापित २०५४ मा उनी पहिलो पटक काठमाडौँम भएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुनेजस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर/टहराहरू भत्काइएका थिए। उनी फेरि पनि राजा ज्ञानेन्द्रकाे प्रत्यक्ष शासनकालनमा पुन: मेयर भएका थिए। उनीमाथि धेरै मानिसको विश्वास पनि रहेको छ। तर, बालेन भने यो कुरामा एकदमै नयाँ छन्, उनले स्थापितसँग प्रतिस्पर्धा गर्न धेरै नै गाह्रो छ।

बालेनलाई लिएर सामाजिक सञ्जालमा धेरै नै सकारत्मक कुराहरु भइरहेको छ, सबैतिर ट्रेडिङमा छन्। यति मात्र होइन उनलाई नेपाली कलाकारहरुबाट पनि धेरै नै सपोर्ट पाएका छन्। उनलाई नायिका स्वस्तिमा खड्काले आफनो फेसबुक पेजमा भोट फर बालेन भनेर राखेकी छिन्।

त्यस्तै नायक तथा निर्देशक निश्चल बस्नेत पनि उनकाे समर्थनमा छन्। उनी, ‘युवाहरुलाई एक चोटी माैका दिनुपर्छ’। त्यस्तै नायिका प्रियंका कार्कीले पनि बालेनकाे सपाेर्टमा जुटेकी छिन्।

बालेन मात्र होइन् बालेनजस्ता हरेक युवाहरुलाई सबैले साथ र सहयाेग गर्न जरूरी छ। कराेडाैँ युवाकाे प्रतिनिधित्व गरेर अगाडि सरेर युवा  उम्मेदवार बालेन शाहलाई शुभकामना।

प्रकाशित मिति: : 2022-04-27 15:24:00

प्रतिकृया दिनुहोस्