गोरखामा वडाध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नाै पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको छ।

वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकीको सदस्यमा एकल मनोनयन परेको छ। वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोकाे मनाेनयन परेकाे छ।

प्रकाशित मिति: : 2022-04-26 16:43:00

प्रतिकृया दिनुहोस्