रोल्पामा ‘एमाले–कांग्रेस’ गठबन्धनबाट दलित महिला सदस्य निर्विरोध

File Photo
File Photo

रोल्पाको माडी गाउँपालिकामा ‘एमाले–कांग्रेस’ गठबन्धनबाट एक दलित महिला सदस्य निर्विरोध भएका छन्।

दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी माडी वडा– १ की देउकला नेपाली निर्विरोध निर्वाचित भएको निर्वाचिन अधिकृतको कार्यालयले जनाएको छ।

आउँदो वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा उनको एकल उम्मेदवार परेको हो।

विजयी दलित महिला सदस्यको औपचारिक घोषणा हुन बाँकी छ। आगामी शुक्रबारसम्म दाबी विरोध नपरे उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

प्रकाशित मिति: : 2022-04-26 15:38:00

प्रतिकृया दिनुहोस्