आमाछोदिङमो गाउँपालिका दुई दलित महिला सदस्य निर्विरोध

रसुवाको आमाछोदिङमो गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन्।

३० मा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा गाउँपालिका-२ र ४ मा दलित महिला सदस्यमा एकल उम्मेदवार परेकाे हाे। 

आमाछोदिङमो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलका अनुसार वडा नम्बर २ मा दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर ४ मा दलित महिला सदस्यमा गममाया विककाे एकल उम्मेदारी परेकाे हाे।

 यद्यपि निर्वाचन आयाेगले निर्विराेधकाे औपचारिक घाेषणा गरिसकेकाे छैन।

प्रकाशित मिति: : 2022-04-26 10:23:00

प्रतिकृया दिनुहोस्